punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल–भारत सीमाक्षेत्रका ९ वटा सीमा स्तम्भ नदीमा बगे

Chaupati
safha napa

कैलाली जिल्लास्थित सीमा क्षेत्रमा रहेका ९ ओटा सीमा स्तम्भ नदीले बगाएको छ । यस वर्ष कर्णाली र मोहना नदीले सीमाक्षेत्रमा रहेका २ मुख्य र ७ सहायक गरी ९ ओटा सीमा स्तम्भहरु बगाएको छ । कैलाली जिल्लाले सुरक्षा गर्ने २ सय ८३ ओटा सीमा स्तम्भमध्ये ९ ओटा सीमा स्तम्भहरु नदीले बगाएको कैलालीका शसस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले बताए ।

नेपाल–भारत सीमाक्षेत्रमा मुख्य र सहायक गरी २ सय ८३ ओटा सीमा स्तम्भमध्ये १ सय ८४ ओटा सीमा स्तम्भ सुरक्षित रहेको उनले बताए । सशस्त्र प्रहरी उपरीक्षक सिंहकाअनुसार २० ओटा सीमा स्तम्भ सामान्य मर्मत गर्नुपर्ने, ३ ओटा पुनर्निर्माण गर्नु पर्ने, ३२ ओटा स्तम्भ फेला नै नपरेको र ३५ ओटा सीमा स्तम्भहरु पानीमा डुबेको अबस्थामा रहेको उनको भनाई छ ।

नदीले बगाएका, मर्मत गर्नु पर्ने, र हराएका सीमा स्तम्भका सम्बन्धमा नेपाल–भारतको संयुक्त निर्णयकाआधारमा काम थालिने प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।

वर्षा समय नदीमा आउने बाढी र नदीले फेर्ने धारका कारण सीमा स्तम्भ बगाउने गरेको प्रमुख जिल्ला अधिकारी थापाले बताए । हराएका, मर्मत गर्नुपर्ने अथवा नदीले बगाएका सीमा स्तम्भहरुको नियमित निरिक्षण, अनुगमन र सुरक्षा सीमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरीले गरिरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

कैलालीमा नेपाल–भारत सीमाक्षेत्र कैलालीको त्रिनगरदेखि टीकापुरको श्रृलंकाटापुसम्म १ सय १ किलोमिटिर रहेकोमा सो सीमाक्षेत्रमा १८ ओटा सशस्त्र प्रहरी बल नेपालका ९बीओपी० रहेका छन् ।गोरखापत्रबाट


१९ माघ २०७८, बुधवार १६:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु