वैशाखमा एसइई परीक्षा, माघ महिनामा तालिका सार्वजनिक गर्ने
माध्यमिक शिक्षा एसइईको परीक्षा २०७९ वैशाख महिनामा सञ्चालन गर्ने तयारी गरिएको राष्ट्रिय बोर्डका अध्यक्ष महाश्रम शर्माले स्थानीय चुनाव जेठ गर्ने निर्वाचन आयोगको प्रस्ताव पछि वैशाखमा एसइईको परीक्षा सञ्चालन गर्न कुनै समस्या नहुने बताए।
‘स्थानीय चुनावका कारण वैशाखमा गर्न सकिँदैन भन्ने थियो,’अध्यक्ष शर्माले भने,‘जेठमा चुनाव गर्ने आयोगको प्रस्तावले वैशाखमै एसइई सञ्चालन गर्ने तयारी गरिएको छ।’
उनले प्रदेशले नै परीक्षा व्यवस्थापन गर्ने गरी छलफल भइरहेको बताए। बोर्डले कोरोना महामारी अन्त्य भए केन्द्र तोकेर परीक्षा सञ्चालन गर्ने, होम सेन्टर तोक्ने, अनलाइन सञ्चालन गर्ने या गत वर्ष जस्तै विद्यालयले ग्रेड दिएर बोर्डमा पठाउने विकल्पमा छलफल गरिरहेको छ।
परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षा सञ्चालन गर्ने सबै तयारी भइरहेको बताए। उनले माघ महिना भित्रै परीक्षाको तालिका सार्वजनिक गर्ने तयारी भएको बताए। ‘कोरोना माहामारीमा स्वास्थ्य सुरक्षाको मपदण्ड अपनाएर छलफल गरिरहेका छौं,’रायमाझीले भने,‘परीक्षा सञ्चालनको सबै तयारीमा छौ।’
शिक्षा ऐनमा संशोधन नहुँदा कक्षा १२ मा मात्रै एसइई परीक्षा लिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्ताव कार्यान्वयन भएको छैन।
१९ माघ २०७८, बुधवार १२:४४ बजे प्रकाशित






























