punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरा जिल्ला अस्पतालले सञ्चालनमा ल्यायो शव वाहन र एम्बुलेन्स

Chaupati
safha napa

जिल्ला अस्पताल बाजुराले शव वाहन र एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । जिल्ला अस्पतालले स्वामित्व आफंैमा रहने गरी एम्बुलेन्स र शव वाहन सञ्चालनमा ल्याएको हो ।लामो समयको प्रतीक्षापछि बाजुरा जिल्ला अस्पतालले पहिलो पटक शव वाहन र एम्बुलेन्स सञ्चालनमा ल्याएको कार्यालय प्रमुख डा. प्रकाशराज जैशीले बताए ।

गत असारभित्रै ल्याउने तयारी गरिए पनि खरिद प्रक्रियाका कारण ढिलाइ भएको थियो । बाजुरा जिल्ला अस्पतालले एकसाथ दुई वटै सवारी साधन सञ्चालनमा ल्याएको औपचारिक जानकारी गराएको छ । भन्सारमा लाग्ने कर छुट गरेर १० लाख रुपैयाँ लागतमा खरिद गरी एम्बुलेन्स र शव वाहन सञ्चालनमा ल्याएको अस्पतालले बताएको छ ।

आर्थिक वर्ष ०७६/७७ मा शव वाहन र एम्बुलेन्स खरिदका लागि रकम आएको थियो । सो रकम एम्बुलेन्स खरिद गर्न नसक्दा फिर्ता भएको थियो । आर्थिक वर्ष ०७७र७८ मा बजेट आएपछि खरिद गरिएको हो ।

रेडक्रससहितका निकायले सञ्चालन गरेका एम्बुलेन्स भए पनि व्यवस्थित नहुँदा बिरामीले सास्ती भोग्नुपरेको थियो । जिल्लामा एम्बुलेन्स नहुँदा महँगो सवारी जिपमा भाडा तिरेर बिरामी अन्यन्त्र लैजानुपर्ने बाध्यता थियो ।

बाजुरामा शव वाहन नहुँदा कोरोनाबाट मृत्यु भएकालाई फोहोर बोक्ने टिपरले बोक्दै आएका थिए । पहिलो पटक शव वाहन सञ्चालनमा आएपछि शव व्यवस्थापन सहज हुनेछ । बडिमालिका नगरपालिकालाई भारतीय दूतावासले ५ वर्ष पहिले हस्तान्तरण गरेको एम्बुलेन्स भने सञ्चालनमा नआउँदै अलपत्र अवस्थामा छ ।

जिल्लामा हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र बूढीगंगा नगरपालिकाले एम्बुलेन्स सञ्चालन गरेका छन् । तर, जिल्ला सदरमुकाम मार्तडीमा सवारी बोक्ने जिपकै प्रयोग गर्नुपर्ने अवस्था थियो । हाल जिल्लामा ३ वटा एम्बुलेन्स बिग्रेर अलपत्र अवस्थामा छन् ।


१५ माघ २०७८, शनिवार १५:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु