punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

Chaupati
safha napa

प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शनिबार)का लागि सर्वदलीय बैठक बोलाएका छन्।प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार देउवाले आज बिहान साढे ९ बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन्।

स्थानीय तहको निर्वाचन, अवरुद्ध संसद् खुलाउनेलगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको उनले बताए।

शुक्रबार देशका नाममा सम्बोधन गरेका प्रधानमन्त्री देउवाले अबको १ वर्ष भित्रै तीनै तह (संघ, प्रदेश र स्थानीय)को निर्वाचन गर्ने सरकारको दायित्व रहेको बताएका थिए।

प्रधानमन्त्रीको सम्बोधनपछि शुक्रबारै बालुवाटारमा बसेको सत्तारुढ गठबन्धको उच्चस्तरीय समन्वय समितिको बैठकले स्थानीय निर्वाचनबारे संविधान र ऐन बाझिएको निष्कर्ष निकाल्दै कानुनविद्को राय लिने निर्णय गरेको थियो।


८ माघ २०७८, शनिवार ०९:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु