punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने, भोलि ओलीको पत्रकार सम्मेलन

Chaupati
safha napa

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ ।चुनावबारे छलफल गर्नका लागि भन्दै प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

स्थानीय निर्वाचन नगर्ने नियतका साथ सर्वदलीय बोलाएका कारण आफूहरु सहभागी नहुने ज्ञवालीको भनाइ छ । ‘सरकारको समयमै निर्वाचन नगर्ने नियत देखियो’, ज्ञवालीले भने, ‘यो अवस्थामा सर्वदलीय बैठकमा हामी जानुको औचित्य छैन ।’

बैठक अहिले ९ बजे बालुवाटारमा बस्दैछ । शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सर्वदलीय बैठक बोलाउनुअघि कांग्रेस सभापतिसमेत रहेका देउवाले शुक्रबार साँझ पार्टीका नेताहरूसँग छलफल गरेका थिए ।एमाले अध्यक्ष केपी शर्मा ओलीले समसामयिक विषयमा भोलि पत्रकार सम्मेलन गर्दैछन् ।

प्रधानमन्त्रीले देशबासीका नाममा गरेको सम्बोधन, स्थानीय तह निर्वाचनलगायतका विषयमा भोलि पत्रकार सम्मेलनमार्फत् एमालेले आफ्नो आधिकारिक धारणा सर्वाजनिक गर्ने उपमहासचिव ज्ञवालीले बताए ।

 


८ माघ २०७८, शनिवार ०९:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु