punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राँगाले हान्दा एक पुरुषको मृत्यु

Chaupati
safha napa

कैलालीमा राँगाले हान्दा एक पुरुषको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा बाँकेको खजुरा गाउँपालिका ७ का ३५ वर्षीय अब्बार तेली रहेका छन्।

उनी टीकापुर नगरपालिका-१ स्थित पशु हाटबजरको भैँसी फार्ममा काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। शुक्रबार राति घाँस हाल्न गएका उनलाई राँगाले हान्दा गम्भीर घाइते भएका थिए।

उपचारका लागि टीकापुर अस्पताल लगिएका तेलीको राति नै मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।


८ माघ २०७८, शनिवार ०८:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु