punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा १८ लाख डोज पारासिटामोल आयो

Chaupati
safha napa

संघीय सरकारले देशका सबै प्रदेशमा पारासिटामोल औषधि पठाएको छ।कोरोना भाइरसको संक्रमण बढेपछि पछिल्लो केही दिनयता बजारमा पारासिटामोलको अभाव देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा पारासिटामोल पठाएको हो।

मन्त्रालयले केन्द्रीय मेडिकल स्टोर पथलैयाबाट प्रादेशिक स्टोरहरुमा ुपारासिटामोल ५०० एमजीुका ट्याब्लेट वितरण गरेको हो।सबै प्रदेशमा १ करोड ३३ लाख ४२ हजार ट्याब्लेट पारासिटामोल पठाइएको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार प्रदेशहरुमा पठाइएको बाहेक अझै सरकारसँग ११ लाख ५८ हजार ट्याब्लेट पारासिटामोल स्टकमा रहेको छ।

कुन प्रदेशमा कति पठाइयो ?

प्रदेश १;
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा २७ लाख ६४ हजार

मधेश प्रदेश:
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनुषामा २१ लाख ३० हजार

बागमती प्रदेश:
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडामा १० लाख ९८ हजार

गण्डकी प्रदेश:
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरामा १८ लाख

लुम्बिनी प्रदेश:
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलमा २७ लाख ३० हजार

कर्णाली प्रदेश:
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र नेपालगञ्जमा १० लाख २० हजार

सुदूरपश्चिम प्रदेश:
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा १८ लाख


७ माघ २०७८, शुक्रवार १८:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु