कैलालीमा सटर फोडेर चोरी गरिरहेको अबस्थामा दुई जना पक्राउ
कैलालीमा पसलको सटर फोडेर चोरी गरिरहेको अबस्थामा दुई जना पक्राउ परेका छन् । जिल्लाको गोदवारी नगरपालिका –१ अत्तरिया बजारको चौधरी गल्ली भित्र रहेको एक किराना पसलको सटर फोडेर चोरी गरिरहेको अबस्था गएराति रंगेहात दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा गोदावरी नगरपालिका वडा नं ८ स्याउले घर भएका राजेश बिष्ट र कञ्चनपुरको दैजी घर भएका मन्नु लुहार रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनीहरुको साथवाट नगद र केही जिन्सी सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले यी दुवै जनालाई चौधरी गल्ली भित्र रहेको बाल प्रशाद घिमिरेको किराना पसलको सटर फोड्ने क्रममा राति १२ बजे नियन्त्रणमा लिएको थियो ।
उनीहरुले यस अघि पनि बजार क्षेत्रमा चोरीको प्रयास गरेको पाइएको छ । यस बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
५ माघ २०७८, बुधवार ०९:३१ बजे प्रकाशित






























