punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा राति हल्का पानी पर्ने

Chaupati
safha napa

पश्चिमी वायुको प्रभावका कारण आज प्रदेश नम्बर १ र मधेश प्रदेशसहित पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने अनुमान छ ।

आज दिउँसोको मौसम आंशिक मात्रै बद्ली भए पनि राति भने सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद् मन्जु बासीले बताए ।

उनका अनुसार उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ । काठमाण्डौमा भने आज हिजो जस्तै घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

यतिबेला भने काठण्माडौसहित देशका धेरै ठाउँमा हुस्सु, कुहिरो लागेको छ ।अहिलेको हुस्सु, कुहिरो बिस्तारै हट्दै जाने र दिउँसो घाम लाग्ने मौसमविद्को भनाइ छ ।

तराईका जिल्लामा भने बाक्लो हुस्सु, कुहिरोका कारण अधिकतम तापक्रम घट्न थालेको छ । यसले चिसो बढ्दा त्यहाँको जनजीवन प्रभावित हुन थालेको छ ।


५ माघ २०७८, बुधवार ०८:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु