सेतीमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका-४ का ७६ वर्षीय वृद्धको मृत्यु भएको हो।
मंगलबार राति सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। उनी गत पुष २२ गतेबाट अस्पतालमा उपचाररत रहेको बताइएको छ।
५ माघ २०७८, बुधवार ०८:५४ बजे प्रकाशित































