punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खोप अभाव हुँदा बैतडीमा रोकियो बुस्टर डोज अभियान

Chaupati
safha napa

कोरोनाविरुद्धको खोप अभाव भएकाले बैतडीमा बुस्टर डोज अभियान सञ्चालन हुन सकेको छैन।सरकारले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार र ज्येष्ठ नागरिकलाई बुस्टर डोज लगाउने अभियान सञ्चालन गरेको हो।

तर बैतडीमा खोप अभाव भएकाले तत्कालै बुस्टर डोज अभियान सञ्चालन गर्न नसकिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

भट्टले खोप माग गरिएको र आपूर्ति हुनबित्तिकै अभियान सुरु गर्ने बताए। ‘खोपको माग गरिएकाले आपूर् हुने बित्तिकै बुस्टर डोज दिन्छौं‚’ उनले भने‚ ‘अहिले १० हजार खोप मात्रै मौज्दात छ, उक्त मौज्दात खोप दोस्रो मात्रा दिनलाई मात्रै हुन्छ।’

कोरोनाविरुद्धको पूर्ण खोप लगाएको ६ महिना पूरा भएका लक्षित समूहका व्यक्तिलाई बुस्टर डोज दिइने बताइएको छ। बैतडीमा एक लाख नागरिकले पूर्ण खोप पाएका छन्। भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म संक्रमणका कारण १९ जनाको ज्यान गइसकेको छ।

 


४ माघ २०७८, मंगलवार ०९:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु