डडेल्धुराको अमरगढी नगरपालिकाका विद्यालय ६ दिन बन्द हुने
हिमपातसँगै चिसो बढेपछि डडेल्धुराको अमरगढी नगरपालिकाले ६ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। बुधबार नगरपालिकाले एक सूचना जारी गर्दै पुस १४ गतेदेखि २० गतेसम्म बिदा दिइएको जनाएको छ।
नगरप्रमुख स्तरको निर्णय भएको र सामुदायिक र संस्थागत विद्यालय पनि बन्द गर्न अनुरोध गरिएको नगर प्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी दिए।
सदरमुकाम नजिककैका लेकमा हिमपात भएपछि अमरगढीमा चिसो बढेको छ।
१४ पुस २०७८, बुधवार १३:४२ बजे प्रकाशित













