श्रम समस्या समाधान नगर्ने सञ्चार माध्यमको ‘कालो सूची’ महासंघले सार्वजनिक गर्ने

नेपाल पत्रकार महासंघले पत्रकारका श्रम समस्या समाधान नगर्ने सञ्चार माध्यमहरुलाई कालो सूचीमा राखेर नाम सार्वजनिक गर्ने भएको छ।महासंघको प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित प्रवद्र्धन विभागको बैठकले यस्तो निर्णय गरेको हो।

विभागका संयोजक तथा वरिष्ठ उपाध्यक्ष रमेश विष्टको अध्यक्षतामा बसेको बैठकले प्रेस स्वतन्त्रता तथा अनुगमनको पछिल्लो अवस्था र श्रमजीवी पत्रकारको श्रम समस्याका बारेमा गम्भीर समीक्षा गर्दै विभिन्न निर्णयहरू गरेको महासंघले जनाएको छ।

महासंघले सञ्चार प्रतिष्ठानले विभिन्न बहानामा पारिश्रमिक नदिएका, बेतलवी बिदामा राखिएका र श्रमजीवी पत्रकार ऐनअनुसारको सेवासुविधा नदिएका श्रमजीवी पत्रकारहरूको समस्या तत्काल समाधान गर्न सम्बन्धित सञ्चार गृहलाई पुनः आग्रह गरिने निर्णय पनि गरेको छ।

यस्तो छ विज्ञप्ति


१२ पुस २०७८, सोमवार १५:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु