punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमसीसीबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि भीम रावलले पोखे आक्रोश

Chaupati
safha napa

एमाले नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी०बारे प्रधानमन्त्रीले लज्जास्पद र जनता ठग्ने अभिव्यक्ति गरेको बताएका छन्। सोमबार ट्विट गर्दै नेता रावलले  एमसीसीअन्तर्गत आउने रकमलाई सित्तैमा आएको भनी अभिव्यक्ति दिनु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति भएको टिप्पणी गरेका छन्।

उनले लेखेका छन्, ‘मूल सम्झौतासँगै आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरूपयोग गर्न एमसीसी अन्तर्गत आउने रकमलाई ‘सित्तैमा आएको’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति १ यस्तो कुरा नेपाल सार्वभौम,स्वाधीन र लामो सभ्यता भएको देश ठान्ने कसैले गर्नै सक्दैन।’

आइतबार नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता राष्ट्रघाती नरहेको बताएका थिए। उनले भनेका थिए, ‘‘राष्ट्रघाती भन्नेले पहिले पढ्नुपर्यो। कहाँ छ राष्ट्रघात रु मैले राष्ट्रघाती देखेको छैन, म पनि प्रधानमन्त्री हो । मैले राष्ट्रघात किन गर्छु रु म पनि राष्ट्र र प्रजातन्त्रका लागि लडेको मान्छे हुँ।’’

No description available.


१२ पुस २०७८, सोमवार १४:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु