punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोभिड–१९ को औषधि बनाउँदै भारतीय कम्पनी

Chaupati
safha napa

भारतको चर्चित डा.रेड्डीज ल्याबरेटोरिजले कोभिड–१९ को चक्की औषधि बनाउने भएको छ।अमेरिकी कम्पनी मर्क एण्डले विकास गरेको औषधि निर्माण गर्न लागेको हो। सोमबार रेड्डी ल्याबरेटोरिजले उक्त औषधि बनाउन अनुमतिपत्र प्राप्त गरेको बताएको हो।

कम्पनीले फाइजरले विकास गरेको कोभिड–१९ औषधि निर्माणको लागि पनि संवादको बाटो खुला राखिएको बताएको छ। फाइजरले विकास गरेको औषधि थप प्रभावकारी रहेको बताइएको छ।

कोभिड–१९ को औषधि कोरोना संक्रमण भएपछि खानुपर्छ। यो औषधिले ठूलो बजार लिन सक्ने अपेक्षा गरिएको छ। मर्क कम्पनीले विश्वव्यापीरूपमा यो खोपको विकासको लागि विकासशील मुलुकका कम्पनीलाई यसको अनुमति प्रदान गरिरहेको छ।

फाइजरले पनि आगामी दिनमा सोही पाइला पछ्याउने अपेक्षा छ। रेड्डीज ल्याबरेटोरिजका सहअध्यक्ष तथा प्रबन्ध निर्देशक जीभी प्रसादले आफूहरुले फाइजरसँगको वार्ताको सम्भावना पनि खुला राखेको बताएका छन्। यद्यपि कम्पनीले अहिलेसम्म फाइजरसँग यस विषयमा वार्ता भने सुरु गरेको छैन।

मर्कले विकास गरेको औषधिले अमेरिकामा भने मान्यता पाएको छैन तर यसलाई बंगलादेश र बेलायतले भने यसअघि नै मान्यता प्रदान गरिसकेका छन्।

कम्पनीले यो औषधिले मृत्यु हुने वा अस्पतालसम्म पुग्नुपर्ने जोखिम आधा घटाउने बताएको छ। यद्यपि फाइजरले भने आफ्नो औषधिले उक्त जोखिम ८९ प्रतिशतले घटाउने बताएको छ।


१२ पुस २०७८, सोमवार १३:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु