सुनको भाउ बढ्यो, चाँदी तोलाको १० रुपैयाँ घट्यो
सोमबार नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा झरेको छ । तेजावी सुनको भाउ पनि प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा आइपुगेको छ।
चाँदीको भाउ भने आइतबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२५० रुपैयाँमा कारोबार भइरहेको छ।
१२ पुस २०७८, सोमवार १३:०६ बजे प्रकाशित













