जिल्ला अस्पताल दार्चुलाको ५० सैय्या भवन निर्माणको काम धमाधम हुँदै

दार्चुलामा ५० सैयाको जिल्ला अस्पताल भवन निर्माणको काम धमाधम भइरहेको छ । आगामी तिन वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित भवन निर्माणको काम भइरहेको हो ।वाईआर कन्सट्रक्र्सन प्रालिले भवन निर्माणको जिम्मा पाएको छ ।

सोही अनुसार अहिले अस्पताल निर्माणस्थलमा मजदुर परिचालन गरेर कामको सुरुवात गरिएको निर्माण कम्पनीका प्राविधिक रञ्जित कुमार कठरियाले बताए ।अहिले निर्माणस्थलमा फिल्ड सम्याउने देखि जग खन्ने कामको सुरुवात भएको छ, जिल्ला अस्पताल दार्चुलाका प्रशासन शाखा प्रमुख आनसिह डागाले भने, अहिले डोजर र मानवीय जनशक्ति परिचालन गरेको छ ।

०७० सालको बाढिपछि अस्पतालको लागि भवन अभाव भइरहेको थियो । ५० सैयाँको अस्पताल भवन पूरानै अस्पताल भएको क्षेत्रमा बनाइदै छ । बहुउपयोगी भवनको रुपमा निर्माणको सुरुवात गरिएको छ ।

अस्पतालको जमिन बाढिले बगाए पछि अहिले जमिन अभाव छ । भएकै संरचना भत्काएर भए पनि त्यही क्षेत्रमा अस्पताल निर्माणको काम अघि बढेको डागाले बताए ।निर्माण व्यवसायीका प्राविधिक कठरियाका अनुसार सम्झौता अवधिभित्रै काम सक्ने गरी आफुलाई कार्य क्षेत्रमा खटाएको बताए ।

वाईआर कन्सटक्र्सनका प्रमुख निरञ्जन प्रसाद भट्ट हुन् ।अहिले यो क्षेत्रमा चार तलाको भवन बन्ने छ ।भवन निर्माणका लागि २६ करोड बजेटमा ठेक्का सम्झौता भएको छ । अहिले अस्पताल २९ सैयाको सञ्चालनमा रहेको छ ।


८ पुस २०७८, बिहीवार १७:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु