punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पिएम कप राष्ट्रिय क्रिकेट : बैतडीका २८ खेलाडी प्रशिक्षणमा

Chaupati
safha napa

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी गर्न बैतडीका २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्न अन्तिम १४ खेलाडीको टोली घोषणा गर्न २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।

बन्द प्रशिक्षण शुक्रबारदेखि मेलौली खेल मैदानमा शुरु हुने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ।आज (बिहीबार) देहिमाडौंमा सम्पन्न जिल्लास्तरीय छनोट प्रतियोगितामा राम्रो प्रदर्शन गरेको आधारमा उनीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको छनोट समितिका सदस्य तथा दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्र बोहराले जानकारी दिए।

बन्द प्रशिक्षणमा दिपक बोहरा, डम्बर बुडाल, विरेन्द्र नाथ, प्रदीप चन्द, सुनिल चन्द, लोकेन्द्र चन्द, राजु भाट, जगदीश चन्द, गोपी नाथ, नरेन भट्ट, जयराम भट्ट, भूपेन्द्र चन्द, प्रशान्त कार्की र दीपेन्द्र जोशीलाई बोलाइएको छ।

यस्तै बसन्त भट्ट, राम चन्द, महेश जोशी, धिरु मल्ल, श्याम साउद, मदन चन्द, रिसिकेश बोहरा, आकाश चन्द, गजेन्द्र बोहरा, प्रेम बुडाल, खडक बोहरा, सुरेन्द्र
चन्द, हिक्मत महरा र लक्ष्मण महरा पनि बन्द प्रशिक्षणका लागि छनोट भएका छन्।

खेलाडी छनोट समितिमा सुदूरपश्चिम प्रदेश प्रमुख प्रशिक्षक दीपेन्द्रबहादुर चन्द, बैतडी जिल्ला क्रिकेट संघका सचिव शेरसिंह खत्री, दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्र बोहरा र बैतडी जिल्ला क्रिकेट संघका सदस्य वीरसिंह बोहरा थिए।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता नेपाल क्रिकेट संघको आयोजनामा पुस २५ देखि गतेदेखि काठमाडौंमा हुँदैछ।

 


८ पुस २०७८, बिहीवार १८:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु