punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा तालाबन्दी

Chaupati
safha napa

कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ को वडा कार्यालय भवन निर्माणको विषयलाई लिएर स्थानीयले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । वडा नं ६ को प्रशासनीक भवन बसन्तपुरको महाकाली माविको जग्गामा निर्माण गर्न खोजेपछि स्थानीयले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।

वडा कार्यालय निर्माणको विषयमा स्थानीयले ४ वर्षदेखि बिरोध गर्दै आएका थिए । ‘वडा कार्यालय सबैको अपायक पर्ने ठाउँमा राखेपछि नगरपालिकामा तालाबन्दी गरेका हौं,’ स्थानीय पुष्पराज भट्टले भने, ‘यो विवाद अहिलेको होइन पहिलादेखि नै थियो ।’

जनप्रतिनिधिहरुले कार्यकालको अन्त्यमा जबरजस्ती भवन निर्माण गर्न खोजेको उनको आरोप छ । नगरपालिकाले वडावासी सबैको पायक पर्ने ठाउँ पहिचान गरी निर्माण गर्नुपर्ने स्थानीय बताउँछन् ।केही व्यक्तिको अबरोधका कारण अहिलेसम्म वडा कार्यालय भवन निर्माण गर्न नसकेको वडा अध्यक्ष नथुराम चौधरीले बताए । नगरपालिकामा तालाबन्दी हुँदा त्यहाँको कामकाज ठप्प भएको छ ।


८ पुस २०७८, बिहीवार १७:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु