punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दोधारा चाँदनीमा तमु समाज गठन

Chaupati
safha napa

दोधारा चाँदनी नगरपालिकामा तमु (गुरुङ्ग) समाज गठन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ बुद्ध नगरमा बसेको गुरुङ्ग समुदायको एक भेलाले तमु समाज दोधारा चाँदनीको लागी तमान सिंह गुरुङ्गको अध्यक्षतामा ११ सदस्यीय नगर कार्य समिति चयन गरेको छ् ।

उपाध्यक्षमा नन्दा गुरुङ्ग, सचिवमा बिक्रम गुरुङ्ग, सहसचिवमा पुजा गुरुङ्ग, कोषाध्यक्षमा श्याम गुरुङ्ग गरि ११ सदस्यीय तमु समाज गठन गरिएको तमान सिंह गुरुङ्गले जानकारी दिए । भेलका जेष्ठ नागरिक चन्द्र सिंह गुरुको अध्यक्षतामा बसेको भेलाले आउदै गरेको तमु ल्होसार कसरी मनाउने भन्ने बिषयमा ब्यापक छलफल गरिएको थियो ।

नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चाँदनीको समन्वयमा आउदै गरेको तमु ल्होसारलाई भब्यताको साथै मनाउने तथा तमु समाजको कोष निमार्णमा आगामी दिनहरुमा बिशेष पहल गर्ने निर्णय गरिएको तमु समाज दोधारा चाँदनीका अध्यक्ष तमान सिंह गुरुङ्गले बताएका छन् ।

नितान्तरुपमा जाती संगठन भएको हुदा गुरुङ्गको हकहितको लागी पहल गर्ने कार्यक्रममा बताईएको छ् । आगामी दिनहरुमा सामाजिक कार्यमा समेत तमु समाजले अग्रसरता देखाउने प्रतिबद्धता समेत जाहेर गरिएको छ् । चयन भएका सबै पदाधिकारीहरुलाई बधाई तथा कार्यकालको शुभकामना समेत दिईएको थियो ।


८ पुस २०७८, बिहीवार १७:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु