punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाममा छैन सतर्कता

Chaupati
safha napa

कामका लागि अछाम बासिन्दाको धेरै आवतजावत हुने छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन देखिए पनि अछाममा भने हालसम्म कुनै सतर्कता अपनाइएको छैन ।

भारत सीमा जोडिएका जिल्लामा आवतजावतमा कडाइ गरिए पनि अछाममा भने हालसम्म ओमिक्रोनको रोकथामका लागि कुनै पहल नगरिएको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले बताए ।

‘नयाँ भेरिएन्ट देखा परे पनि केन्द्र सरकारले कुनै गाइडलाइन पठाएको छैन । हामीले पनि अहिलेसम्म कुनै तयारी गरेका छैनौं, अब सबै सरोकारवालासँग छलफल गरेर के के गर्ने भन्नेबारे निर्णय गर्छौं,’ प्रजिअ मल्लले भने ।

तेस्रो भेरिएन्ट देखा परेमा पहिले जस्तै स्वास्थ्य सुरक्षा अपनाउनका लागि छलफल नगएिको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए । ‘प्रजिअलगायत अन्य सरोकारवालासँग छलफल गर्ने तयारीमा छौं ।


२६ मंसिर २०७८, आइतवार १२:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु