punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनजस्तो देखिने पदार्थसहित २ भारतीय नागरिक पक्राउ

Chaupati
safha napa

दुबईबाट काठमाडौं आएका दुई जना भारतीय यात्रु सुनजस्तै देखिने पहेँलो पदार्थसहित पक्राउ परेका छन् ।नेपाल एयरलाइन्सको उडान नम्बर आरए २३० बाट काठमाडौं आएका ३१ वर्षीय सथम हुसेन र ३६ वर्षीय कादर इब्राहिम पक्राउ परेका हुन् ।

हुसेनको गतिविधिमा शंका लागेपछि उनलाई आगमन पार्किङ एरियाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई परीक्षणको लागि काठमाडौं मेडिकल कलेज सिनामंगल पुर्याइएको थियो । सो क्रममा हुसेनले मलद्वारमा लुकाएर भन्सार छल्न खोजेको अवस्थामा सुनजस्तो देखिने पाँच थान अर्ध ठोस पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

उनको बयानको आधारमा भारतीय आधार कार्डसमेत बोकेका कादर इब्राहिमलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


२६ मंसिर २०७८, आइतवार ११:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु