punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा शिव मन्दिरको शिलन्यास

Chaupati
safha napa

धनगढी उपमहानगरपालीका वडा नम्वर १ र ८ अन्तर्गतपर्ने स्थानमा शिव मन्दिरको शिलन्यास गरिएको छ । शिव मन्दिर निर्माण व्यवस्थापन समितीको आयोजनामा वडा नम्बर १ र ८ मा शिव मन्दरको शिलन्यास गरिएको हो ।

स्थानमा स्थानिय जय बहादुर कार्की, दुर्गा बहादुर कार्की र हरि कार्की तथा भृकुर्की कार्कीले स्वर्गिय रत्न कार्की, स्व दाई चित्र कार्की, सरस्वती कार्कीको सम्झनामा शिव मन्दिरको शिलन्यास गरिएको छ। १५ लाखको लगानीमा सो मन्दिर निर्माण गरिन लागीएको हो । उक्त शिव मन्दिर ४ कठ्ठा जमिनमा बन्न लागेको छ ।

शुक्रबार एक कार्यक्रमका बिच धनगढी उपमहानमरपालीका वडा नम्बर ८ का वडाध्यक्ष नारायण प्रसाद बरालले मन्दिरको शिलन्यास गरेका हुन। उनले सबैको साथ र लामो समयपछि मन्दिर निर्माण गर्न सफल भएको बताउँदै सबैलाई धन्यावद ब्यक्त गरे ।

साथै वडा अध्यक्ष बरालले विगतमा साधुरो सडकमा दर्शनार्थीलाई पुजा आजा गर्न समस्या भैरहेको अवस्थामा नयाँ बन्न लागकेो मन्दिरबाट सबैका लागी सजिलो हुने उनले बताए । साथै नाला संगै जोडिएको क्षेत्र भएकाले पनी आफुले तटबन्ट गरेर जमिन भाँसीनबाट सक्दो पहल गरेको उनको भनाई छ ।

शिव मन्दिर निर्माण ब्यवस्थापन समिती जय बहादुर कार्कीले आफ्ना पृतहरुको सम्झनामा मन्दिर शिलन्यास गरिएको जानकारी दिए । साथै उनले सबैको साथ सहयोग र बिश्वास र सहकार्यबाट यो मन्दिर निर्माण गर्न सम्भब भएको बताए ।

 


२४ मंसिर २०७८, शुक्रवार १७:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु