punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फ्रेन्ड्सलाई हराउँदै मनाङ शीर्ष स्थानमा उक्लियाे

Chaupati
safha napa

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ ।दशरथ रङ्गशालामा चौथो चरण अन्तर्गत आज शुक्रवार भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई दुई–शून्य गोल अन्तरले पराजित गर्दै मनाङ शीर्ष स्थानमा उक्लिएको छ ।

फ्रेन्ड्सविरुद्ध आक्रामक खेल पस्किएको मनाङले दुवै हाफमा एक–एक गोल गर्‍यो । मनाङलाई जिताउन आफिज ओलावाले र दिनेश राजवंशीले एक–एक गोल गरे । आफिजले खेलको ४१ औँ मिनेटमा र दिनेशले ७३ औँ मिनेटमा गोल गरे ।

यो जितसँगै मनाङले चार खेलमा १० अङ्क जोडेको छ । प्रतियोगितामा मनाङको यो तेस्रो जित हो । फ्रेन्ड्स चार खेलमा दुई अङ्क जोडेर बाह्रौँ स्थानमा रहेको छ । फ्रेन्ड्सको यो दोस्रो हार हो ।आजै बेलुका पौने ५ बजे त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लब खेल्दैछन् ।


२४ मंसिर २०७८, शुक्रवार १७:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु