punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा जीप दुर्घटना

Chaupati
safha napa

दार्चुलामा जीप दुर्घटना भएको छ ।जिल्ला सदरमुकाम खलंगाबाट मालिकार्जुन गाउँपालिका तर्फ गइरहेको म १ ज २३९ नम्बरको जीप शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाको सीमानामा पर्ने रनेबाँजमा दुर्घटना भएको हो ।

प्रारम्भिक जानकारी अनुसार जीप चालक धनसिंह साउँद सामान्य घाईते भएको बुझिएको छ । चालक साउँदका अनुसार जीपमा ४ जना सवार रहेका थिए ।ती ४ जना अहिले घटनास्थलमा नभेटिएको बताइएको छ । अहिले घटनास्थल प्रहरी पुगेको तथा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको  छ ।


२३ मंसिर २०७८, बिहीवार १८:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु