punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मलाई मात्र होइन, सभापतिका लागि पनि भोट माग्छु : थापा

Chaupati
safha napa

नेपाली कांग्रेसका नेता गगन थापाले आफूले महामन्त्री पदमा मात्र नभई सभापति पदमा पनि भोट माग्ने बताएका छन् ।बिहीबार महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका उनले आजसम्म आफ्नो सभापतिको उम्मेदवार नटुंगिए पनि मत हाल्ने दिनसम्म सभापतिका लागि पनि भोट माग्ने बताएका हुन् ।

‘मेरो सभापतिका को हुनुहुन्छ मलाइ पनि थाहा छैन, तर म आफ्ना लागि मात्र मत माग्दिन । मैले सभापतिमा जसलाई मत हाल्छु, उसको लागि पनि मत माग्छु’ उनले भने ।पार्टीको मूल नेतृत्व सभापति नै हो भन्दै उनले पार्टीलाई आफूले भनेजस्तो देख्ने र सुन्ने बनाउनका लागि पनि मूल नेतृत्व राम्रो चाहिने बताए ।

आफू महामन्त्रीमा निर्वाचित भएको दिनदेखि राजनीतिक परीक्षा शुरु हुने भन्दै थापाले परीक्षा उतीर्ण भए त्यो भन्दा ठूलो जिम्मेवारी लिन अघि सर्ने टिप्पणी गरे ।

‘कांग्रेससँग प्रश्न होइन, उत्तर हुन्छ । कांग्रेससँग समस्या होइन समाधान हुन्छ । जनतालाई रुख चिह्नमा मत हालौं हालौं लाग्छ र शानदार ढंगले चुनाव जितेर आउँछ’ थापाले आफू महामन्त्री निर्वाचित भएपछिको कांग्रेसबारे भने ।

आफूले सडक, संसद र सरकारमा रहँदा कांग्रेस कार्यकर्ताको शीर झुक्नुपर्ने काम नगरेको भन्दै थापाले महामन्त्री निर्वाचित भएको चार वर्षसम्म गलत व्यक्ति छानिएछ भन्नु नपर्ने बताए ।

 


२३ मंसिर २०७८, बिहीवार १८:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु