punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस महाधिवेशनमा एन्टीजेन परिक्षणको व्यवस्था

Chaupati
safha napa

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा स्वास्थ्य मापदण्ड अन्तर्गत एन्टीजेन परिक्षणको व्यवस्थासहितको स्वास्थ्य सेवा उपलब्ध गराईने भएको छ। स्वास्थ्य समिति संयोजक केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका अनुसार समितिले सभास्थललाई निर्मलिकरण गर्ने, मास्क र स्यानीटाईजरको व्यवस्था मिलाउने लगाायतका काम गरिरहको छ।

अहिलेसम्म पर्याप्त मात्रामा मास्क,स्यानीटाईजर लगाायतका स्वास्थ्य सामग्रीको ब्यबस्थापन भईसकेको उनले बताए। त्यस्तै महाधिबेशन अबधिका ३ वटा एम्बुलेन्स स्ट्यान्डबाई राखिनेछ। आवश्यकता अनुसार एम्बुलेन्स प्रयोगमा ल्याईनेछन्।

स्वास्थ्य परिक्षणका लागि ४ कोठे अस्थायी भवन निर्माण गर्न लागिएको छ। महाधिबेशन अबधिमा कोरोना भ्याक्सिनको पनि व्यवस्था गरिएको बस्नेतले जानकारी दिए । उनले उपचारका लागि वीर अस्पताललाई ‘फोकल अस्पतालको रुपमा तोकेर स्वास्थ्य सेवा उपलब्ध गराईने जानकारी दिए।’

त्यस्तै महाधिवेशन स्थलसम्म प्रतिनीधीलाई आवतजावतको व्यवस्थ गर्न १५० सवारीसाधनको व्यवस्था समेत मिलाइएको उनले जानकारी दिए।


२२ मंसिर २०७८, बुधवार १४:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु