punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डा.रावलद्धारा नेपाली काँग्रेस केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा

Chaupati
safha napa

डा. रणबहादुर रावलले केन्द्रिय सदस्यमा उम्दवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औमहाधिवेशनको लागि डा.रावलले केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । मंगलबार काठमाडौँमा संचारकर्मीहरुसंग कुरा गर्दै आफुले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको परामर्शमा देउवा समुहबाट आफु केन्द्रिय सदस्य(प्रदेश)माउम्मेदवारी दिने काँग्रेस नेता रावलले बताए ।प्रमुख प्रतिपक्ष दल समेत रहेको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता समेत रहेका काँग्रेस नेता राउलले केन्द्रिय सदस्यमा उम्मेदवारी घोषण गरेसंगै प्रचार–प्रसार समेत थालेको बताए ।

्नेपाली काँग्रेसलाई युवाको रोजाईको पार्टी बनाउन र गुटबन्दी अन्त्य गरी पार्टीलाई एकताबद्ध बनाउन आफ्नो उम्मेदवारी रहेको डा. रावलको भनाई छ ।‘राणाशासनको अत्याचारलाई विर्साउने गरि हामीले पञ्चायती काल भोग्यौ । राजा ज्ञानेन्द्रको शाही काल भोग्यौ र के।पी। ओलीको शासन सञ्चालन गर्ने अशिष्ठ शैली पनि भोग्यौ ।

दुई तिहाईको दम्भ बोकेर उनले नेपाली कांग्रेस माथि प्रहार गर्ने गरेको वैचारिक दरिद्रतालाई पनि नजिकैबाट अनुभव गर्न पायौं’ उनले भने ‘यस्तै यस्तै राप र तापबाट खारिएको पार्टिनै नेपाली कांग्रेस हो । त्यसैले यसलाई जीवन्त गतिशील र पारदर्शि बनाउँदै कार्यकर्तामुखि पनि बनाउनु छ ।’

उनले पार्टीभित्रै जब–जब मतभेद र मनमुटाव उत्पन्न हुन्छ तब तब निर्वाचनमा बहुमत गुमाउने गरेको बताए । ‘जब–जब एक ढिक्का हुन्छौं तब बहुमत ल्याउने गरेका छौं । गएको निर्वाचनमा पनि केहि प्रतिशत हाम्रा कारणले त केहि प्रतिशत वामपन्थीहरु एक ढिक्का भएका कारणले हामी दोस्रो पार्टिका रुपमा झर्न पुगेका थियौं’ उनले भने ‘कम्युनिष्टहरु फुट्दा यतिबेला हामी सत्तामा पुगेता पनि जनादेशका कारण हाम्रो स्थान प्रतिपक्ष नै हो ।

हाम्रा अगाडी स्थानिय देखि संघिय निर्वाचनले पाइला टेकिसकेको अवस्था छ । त्यसमा हामीले विजय हासिल गर्नु छ र पुनः आफनै बहुमतको सरकार बनाउनु छ । त्यसका लागी पनि कांग्रेस एक ढिक्का हुनु जरुरी छ ।’उनले महाधिवेशनबाट संस्कार विचार आदर्श र अनुभवयुक्त कांग्रेसलाई शक्तिशाली पार्टिका रुपमा उभ्याउन उम्मेदवारी दिएको बताए ।

‘नेतृत्व राम्रो भयो भने हामी अवस्य पनि सफल हुनेछौं’ उनले भने – ‘त्यसैले यो अधिवेशनबाट हामीले हाम्रो हैन राम्रो नेतृत्व चयन गरौं । त्यो राम्रो नेतृत्व शेरबहादुर देउवाबाटै संभव छ र उहाँकै नेतृत्वबाट हामिले निर्वाचनमा सफलता प्राप्त गर्न सक्ने छौं ।’

उनले महाधिवेशनमा सुदुरपश्चिम प्रदेश (भूगोल) तर्फबाट केन्द्रिय सदस्यको पदमा उम्मेद्वारी दिने बताए । उनले भने –‘तपाइहरुको अमुल्य मतका लागी म हार्दिक अपिल गर्दछु ।’


२२ मंसिर २०७८, बुधवार १४:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु