punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१९ वर्षमुनिको महिला फुटबल टोली आज बङ्ग्लादेश जाँदै

Chaupati
safha napa

बङ्ग्लादेशमा हुने साफ १९ वर्षमुनिको महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली टोली आज ढाका जाँदैछ ।नेपाली टोली दिउँसो पौने दुई बजे ढाका प्रस्थान गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । एन्फाले ढाका जाने महिला १९ वर्षमुनिको टोलीलाई हिजो बिदाइ गरेको थियो । १९ वर्षमुनिको साफ च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा हुनेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक बङ्ग्लादेश, भारत, भुटान र श्रीलङ्का सहभागी हुनेछन् । नेपालले आफ्नो पहिलो खेल आयोजक बङ्ग्लादेशसँग डिसेम्बर ११ तारिखमा खेल्नेछ । त्यस्तै दोस्रो खेल श्रीलङ्कासँग डिसेम्बर १५ तथा तेस्रो खेल भुटानसँग डिसेम्बर १७, चौथो खेल भारतसँग डिसेम्बर १९ मा खेल्ने तालिका छ ।

राउन्ड रोविनका आधारमा हुने खेलमा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल डिसेम्बर २२ मा हुनेछ । च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले यसअघि नै २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् ।


२१ मंसिर २०७८, मंगलवार ११:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु