punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री भएपछि पहिलो पटक पार्टी कार्यालय जाँदै देउवा

Chaupati
safha napa

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सोमबार पहिलोपटक केन्द्रीय कार्यालय जाने भएका छन् । देउवाले १४ औं महाधिवेशनको तयारीका लागि गठित महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकमा सहभागी हुन उनी कार्यालय जान लागेका हुन् ।बैठक सोमबार दिउँसो साढे चार बजे बस्दैछ ।

देउवाले महाधिवेशनको व्यवस्थापनका लागि गठित विभिन्न समितिका संयोजकहरूसहितको बैठक बोलाएका हुन् । सोमबार अपरान्ह साढे ४ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा महाधिवेशनको तयारीका विषयमा छलफल गर्न बैठक बस्न लागेको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।

देउवा पछिल्लो पटक प्रधानमन्त्री भएपछि केन्द्रीय कार्यालय गएका छैनन् । उनी गत असार २९ गते पाँच दलीय सत्ता गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।महाधिवेशनको मुखमा क्रियाशील सदस्यताको विवादका विषयलाई लिएर केन्द्रीय कार्यालयमा निरन्तर धर्ना र अनसनका कार्यक्रम भएपछि देउवा कार्यालय गएका थिएनन् ।

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत वडादेखि पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला हुँदै वडा प्रदेशको समेत अधिवेशन भइसकेको छ । अब मंसिर २४ गतेदेखि केन्द्रीय महाधिवेशन हुँदैछ ।


२० मंसिर २०७८, सोमवार १५:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु