कम्युनिष्ट ज्यादती मुक्त प्रदेश बनाउन कठोर बन्छु : बलायर
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित अध्यक्ष वीरबहादुर बलायले सुदूरपश्चिममा बढेको कम्युनिष्टको ज्यादति रोक्न आफ्नो भूमिका रहने बताएका छन् । सभापतिमा निर्वाचित भएपछि सञ्चारकर्मीसंग धारणा राख्दै उनले सुदूरपश्चिममा कम्युनिष्टको बढेको बताए ।
‘काँग्रेसका हरेक कार्यकताहरुलाई कम्युनिष्टले चपेटामा पारिरहेको छ,’ उनले भने, ‘हरेक कुरालाई काँग्रेसीले बुझिरहेको छ । ‘काँग्रेस निरिह छ, काँग्रेसीहरुले कुनै गल्ती गरेको छैनन् तर हाम्रो गल्तीले सजाय दिने मानिस काँग्रेस हुन सक्दैनन्’ उनले भने ।
सभापति बलायरले पार्टीमा अब गुट–उपगुट नभनिन सबैलाई मिलाएर लैजाने बताएका छन् । ‘यो लोकतात्रिक पार्टी भएकाले निर्वाचनमा लोकतात्रिक अभ्यास गरेका हौं,’ उनले भने, ‘यसमा कुनै तुस लिएर हिड्नुको अर्थ छैन ।’काँग्रेसका माध्यबाट हामीले नेपाली जनताको भविश्य र नेपाल राष्ट्रको भविश्य खोजनुपर्ने उनले बताए ।
कम्यूनिष्टको सरकारले सुदूरपश्चिमका योजनाहरु मुख्य प्राथमितकामा राखेर केन्द्रदेखि प्रदेशसम्म समेटन नसकेको उनले आरोप लगाए ।
कम्यूनिष्टले नेपालको सविधान दिन नसकेको परिसतिथिमा काग्रेसले २०७० को निर्वाचनमा बहुमत नभएपनि पहिलो पार्टी भएको र त्यसको नेतृत्वमा काँग्रेसले नेपालको संविधान जारी गरेको बताए ।
‘संविधान मात्रै काँग्रेसले लेखेन सविधानलाई कार्यानयन गर्न दिसामा पनि निर्वाचन सम्पन्न गर्र्यौ,’उनले भने ।निर्वाचनमा काँग्रेस पराजित भएपनि सविधानको विजय भएको उनले बताए
।
१९ मंसिर २०७८, आइतवार १८:५० बजे प्रकाशित































