punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु

Chaupati
safha napa

बाजुरामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बडिमालिका नगरपालिकाको थुवाकाँधमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा  बुढीगंगा नगरपालिका वडा नम्बर १ बस्ने ६२ वर्षीय खगेन्द्र उपाध्याय र ६० वर्षीय प्रकाश नेपाली रहेका छन् । घाइते हुनेहरुमा बुढीगंगा नगरपालिका २ बल्दे बस्ने ३४ बर्षीया धनबहादुर केसी र बुढीगंगा नगरपालिका वडा नम्बर १ का धनबहादुर खत्री रहेका छन् ।

अटो चालक भने फरार रहेको प्रहरीले जनाएको छ । सदरमुकाम मार्तडीदेखि जडाङगा जाँदै गरेको अटो आइबार साढे ५ बजेको समयमा दुर्घटना भएका हो । अटो सडकबाट करिब दुई सय मिटर तल बुढीगंगा नदीमा खसेको जिल्ला प्रहरी कार्यलय बाजुराले जानकारी दिएको छ ।


१९ मंसिर २०७८, आइतवार १८:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु