punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस जिल्ला निर्वाचन अधिकृतले दिए राजीनामा

Chaupati
safha napa

नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन्। उनले केन्द्रीय निर्वाचन समितिका संयोजकलाई पत्र लेखेर राजीनामा दिएका हुन्।

पोखरेलले स्वास्थ्यस्थिति प्रतिकूल रहेको भन्दै जिल्ला अधिवेशन गराउन असमर्थ रहेको राजीनामा पत्रमा उल्लेख गरेका छन्। उनले राजीनामा स्वीकृत गर्नका लागि केन्द्रीय निर्वाचन समितिलाई आग्रह गरेका छन्।

पोखरेलले कांग्रेस चितवनको विभिन्न तहको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्र र जिल्ला समितिको निर्वाचन गराउने जिम्मेवारी पाएका थिए।

पटक–पटक सर्दै आएको कांग्रेस जिल्ला अधिवेशन आजदेखि मंसिर १९ गतेसम्म हुने तालिका तय भएको छ। आज उम्मेदवारी दर्ता र १९ गते मतदानको कार्यक्रम छ। ‘केन्द्रीय निर्वाचन समितिको निर्देशनलाई पालना गर्दै सबै पक्षको सहयोग र समन्वयमा जिल्ला कार्यसमितिबाहेक सबै तहका निर्वाचन सफलताका साथ सम्पन्न गरेको छु’, राजीनामा पत्रमा पोखरेलले उल्लेख गरेका छन्।

 


१५ मंसिर २०७८, बुधवार ०८:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु