punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य, सर्वोच्चमा आजदेखि गोलाप्रथा

Chaupati
safha napa

सर्वोच्च अदालतमा आज (बुधबार) देखि न्यायाधीशहरुलाई गोलाप्रथा प्रणालीबाट पेशी तोकिँने भएको छ। गोलाप्रथा प्रणाली कार्यान्वयनमा आएसँगै मुद्दाको पेशी तोक्ने प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य हुनेछ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो विशेषाधिकारको दुरुपयोग गर्दै आफ्नो स्वार्थ अनुसार पेशी तोकेर न्यायालयलाई बदनाम बनाएको भन्दै लामो समयदेखि सर्वोच्चका न्यायाधीशसँगै कानुन व्यवसायीहरु आन्दोलनमा छन्।

नेपाल बार एसोसिएसनले जबरालाई बर्खास्त गर्न माग गर्दै विगत एक महिनादेखि चरणवद्ध आन्दोलन गर्दै आएको छ। जबराले कार्यपालिकासँग सौदाबाजी गरेर मन्त्रिपरिषद्देखि संवैधानिक निकायसम्मका नियुक्तिमा भाग खोजेको आरोप उनीहरुको छ।

पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका २०७८ अनुसार न्यायाधीशहरूले अपारदर्शी थैलीमा राखिएका समान रूप, रंग, आकार र बनोटका गोटी तान्नुपर्ने हुन्छ। सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश रहने व्यवस्था भएकाले पहिलो थैलीमा १ देखि २१ सम्म नम्बरका गोटी राखिएका हुन्छन् । वरिष्ठताका आधारमा न्याायधीशहरूले यो थैलीबाट पालैपालो गोटी निकालेर बृहत् पूर्ण र पूर्ण इजलासहरू गठन गर्छन् ।

गोलाप्रथा सुरु गर्न न्यायाधीश मीरा खड्का नेतृत्वको समितिले कार्यविधि तयार गरेको छ। सोही कार्यविधिअनुसार अब इजलास गठन र मुद्दाको सुनुवाइ हुनेछ।आफ्नो चौतर्फी आलोचना भएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पनि गोलाप्रथा लागू गर्न तयार भएका हुन्। प्रधानन्याधीश जबरा कोरोना संक्रमण भएर अस्पताल भर्ना भएको कारण गोलाप्रथाबाट पेशी तोकिने पहिलो दिन आज उनी सर्वोच्चमा उपस्थित हुने छैनन्।


१५ मंसिर २०७८, बुधवार ०८:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु