punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राप्रपाको एकता महाधिवेशन आजदेखि, अध्यक्षमा थापा र लिङ्देन भिड्ने

Chaupati
safha napa

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। तीन राप्रपा एक भएको दुई वर्षपछि राजावादी पार्टीको रुपमा चिनिँदै आएको राप्रपाले एकता महाधिवेशन गर्न लागेको हो।

बुधबार बिहान साढे ११ बजे भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन हुने कार्यक्रम रहेको महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिए। शुक्रबारसम्म चल्ने महाधिवेशनमा चार हजार पाँचसय ६० जना प्रतिनिधि सहभागी हुनेछन्।

महाधिवेशनले कुल एक सय ९९ सदस्य कार्य समिति चयन गर्ने छ। जसमा ७५ प्रतिशत अर्थात अध्यक्षसहित एक सय ४७ जना प्रत्यक्ष प्रणालीबाट छनोट हुनेछन् भने २५ प्रतिशत अर्थात ५२ जना अध्यक्षले मनोनित गर्ने राप्रपाको विधानमा व्यवस्था छ।

वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। तीनजना अध्यक्षमध्ये डा. प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गर्ने घोषणा गरेका छन् भने थापालाई पशुपतिशमशेर जबरा, लोकेन्द्रबहादुर चन्दलगायतको साथ छ।

पटक पटक जुट्दै र टुक्रिदै आएको राप्रपाको हाल संघीय संसदमा एक सिट छ। राजेन्द्र लिङ्देन राप्रपाका एक मात्र सांसद हुन्। आज उद्घाटन सत्र सकिएलगत्तै बन्द सत्र सुरु गर्ने श्रेष्ठले जानकारी दिए। निर्वाचनको प्रक्रिया भने भोलि (बिहीबार)बाट मत्रै सुरु हुने छ।

नयाँ कार्यसमिति चयनमा एमालेले १० औं महाधिवेशनमा प्रयोग गरेको विद्युतीय मेसिन प्रयोग गर्ने तयारी राप्रपाले गरेको छ। अध्यक्ष चयनको लागि मतपत्रमा छाप लगाउने र अन्य पदाधिकारी चयनमा भने विद्युतीय मेसिनको प्रयोग गरिने श्रेष्ठले बताए।


१५ मंसिर २०७८, बुधवार ०८:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु