punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक, के-के गर्यो निर्णय ?

Chaupati
safha napa

नेकपा एमालेको दसौं महाधिवेशनको निर्वाचन परिणाम घोषणा भएपछि मंगलबारै राति पहिलो केन्द्रीय कमिटी बैठक बसेको छ।

सपथग्रहण सकिएलगत्तै होटल सेभेन स्टारको सम्मेलन कक्षमा बसेको केन्द्रीय कमिटीको पहिलो बैठक करिब आधा घन्टा चलेको थियो।

बैठकले महाधिवेशनमा सहयोग गर्ने सबैलाई धन्यबाद दिने निर्णय गरेको केन्द्रीय सदस्य प्रभा बरालले जानकारी दिइन्।

उनका अनुसार महाधिवेशनको विषयमा देशभर कार्यक्रम गरेर जानकारी गराउने, मंसिर २५ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बसेर स्थायी, पोलिटब्युरो समिति गठन गर्ने र कार्य विभाजन गर्ने निर्णय पनि बैठकले गरेको छ।

मंसिर १० गते नारायणगढस्थित नारायणी नदी किनारमा दसौं महाधिवेशन उद्घाटन कार्यक्रम गरेपछि सौराहाको होटल सेभेन स्टारमा बन्दसत्र सुरू भएको थियो।


१५ मंसिर २०७८, बुधवार ०५:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु