punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काँग्रेस केन्द्रीय सदस्यमा सुदूरपश्चिमका ३ सहित ४ जनाको उम्मेदवारी घोषणा

Chaupati
safha napa

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट ३ जनाले उम्मेदवारी दिने घोषणा गरेका छन्। मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले उम्मेदवारी दिने घोषणा गरेका हुन्।

बझाङका विष्णु ऐडी, डोटीका हर्क देउवा र कैलाली निर्वाचन क्षेत्र नम्बर २ का भरत शाहीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।यस्तै सोही पत्रकार सम्मेलनमा कास्कीका गुरु बरालले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

पत्रकार सम्मेलनमा उम्मेदवारी घोषणा गर्दै देउवाले कांग्रेसलाई सु–संस्कत बनाएर लैजानको लागि कम्युनिष्टरहित नेपाल बनाएर कांग्रेसलाई पहिलो बनाउनका लागि आफनो उम्मेदवारी रहेको बताए ।यस्तै ऐडीले पनि सुदृढ र व्यवस्थित काँग्रेस बनाउनु आफ्नो भूमिका हुने बताए ।

यस्तै बरालले केन्द्रमा युवाहरुको प्रतिनिधित्व होस भनेर आफूले उम्मेदवारी दिएको बताए ।अर्का आकांक्षी शाहीले पार्टीमा आफूले लामो समय योगदान गरेको र केन्द्रीय समितिमा बसेर काम गर्ने उद्देश्यका साथ आफूले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेको बताए ।


१४ मंसिर २०७८, मंगलवार १५:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु