punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मेस्सीले सातौं पटक जिते बालोन डि’ओर अवार्ड

Chaupati
safha napa

प्रतिष्ठित बालोन डि’ओर अवार्ड अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेस्सीले जितेका छन् । उनले यो अवार्ड कीर्तिमानी सातौ पटक जितेका हुन् ।यो सिजन बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन गएका उनले बार्यन म्युनिख तथा पोल्याण्डका रोबर्ट लेभान्डोस्की, चेल्सी तथा इटलीका जोर्जिन्हो र रियल मड्डि तथा फ्रान्सका करिम बेन्जिमालाई पछि पारे ।

३४ वर्षका मेस्सीले यो वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताउन मदत गरेका थिए । उनले सिनियर टिमबाट देशका लागि जितको यो अन्तराष्टिय उपाधि समेत हो । साथै ४० यो वर्ष उनले ४० गोल समेत गरेका थिए ।

विश्वभरका १८० पत्रकारहरुको मतदान गर्ने यो अवार्ड, २००८ देखि लगातार सम्म कि त मेस्सीले पाए कि क्रिष्टियानो रोनाल्डोले । २०१८ मा लुका मोडरिकले त्यो क्रमलाई भंग गरे । २०१९ मा मेस्सीले पाए भने २०२० मा कोरोना महामारीका कारण हुन सकेन । यो वर्ष फेरि मेस्सीले जितेका छन् ।

उननले २००९, २०१०, २०११, २०१२, १०१५, २०१९ र २०२१ गरी सात पटक यो अवार्ड पाएका हुन् । पेरिसमा आयोजित अवार्ड समारोहमा मेस्सीले भनेका छन्, दुई वर्ष पहिले नै यो अन्तिम होला जस्तो लागेको थियो । मानिसहरुले पनि कहिले सन्यास लिने भनेर सोध्न थालेका थिए । तर मे पेरिसमा छु र खुसी छु ।’

यो वर्ष अर्जेन्टिनाका लागि उपाधि जित्न पाएको खुसी रहेको भन्दै उनले भनेका छन्, ‘मेरो लामो करियर छ, त्यसैले यो ९ब्राजिललाई हराउँदै उपाधि जित्नु० मेरो जीवनको उत्कृष्ट क्षण हो कि होइन भन्ने थाहा छैन । तर अर्जेन्टिनाका लागि उपाधि जित्नु उत्कृष्ट क्षणहरुमा एक हो ।’


१४ मंसिर २०७८, मंगलवार ०८:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु