punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम १० विकेटले विजयी

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशले काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको छ।माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णाली १६.५ ओभरमा ६६ रनमा अल आउट भएको थियो।

कर्णालीका प्रकाश जैशीले १७ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १५ रन बनाए रुपक ढकाल ११ र रमेश बुढा १२ रनमा आउट भए। कर्णालीका ४ खेलाडीले खातानै खोल्न सकेनन्।

सुदूरपश्चिमका नारायण जोशीले ६ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए। आकाश चन्दले ६ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए। शेर मल्लले ३.५ ओभरमा १ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिए।

जवाफी ब्याटिङ थालेको सुदूरले १२.१ ओभरमा कुनै विकेट नगुमाउँदै पूरा गर्यो। सुदूरका कप्तान खडक बहादुर बोहरा ४२ बलमा ५ चौका र २ छक्कासहित ४१ रनमा अविजित रहे।

नरेश भट्ट ३१ बलमा ३ चौकासहित १६ रनमा अविजित रहे। जारी प्रतियोगितामा सुदूरपश्चिमको यो पहिलो जित हो। सुदूरले अब मंगलबार टियुमा गण्डकीसँग खेल्नेछ।


१२ मंसिर २०७८, आइतवार १३:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु