punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पूर्वमाओवादी पक्षले गर्‍यो कम्तीमा तीन पदाधिकारीमा आफ्नो दाबी

Chaupati
safha napa

एमालेको जारी दसौं महाधिवेशनमा पूर्व माओवादी पक्षका नेताहरुले कम्तीमा तीन पदाधिकारीसहित केन्द्रीय सदस्यमा सम्मानजनक उपस्थिति हुनुपर्ने माग राखेका छन् ।

पूर्व माओवादी पक्षले रामबहादुर थापा बादललाई वरिष्ठ उपाध्यक्षरउपाध्यक्ष, टोपबहादुर रायमाझीलाई उपमहासचिव र लेखराज भट्टलाई सचिव बनाउनुपर्ने माग गरेका छन् । यस्तै प्रभु साह र मणी थापाले पनि पदाधिकारीमा आफ्नो दाबी पेश गरेका छन् ।

पूर्व माओवादी पक्षका नेता मणी थापाका अनुसार आफ्नो पक्षका मागका बारेमा छलफल गर्नका लागि अहिले टोपबहादुर रायमाझी र लेखराज भट्ट केपी शर्मा ओलीलाई भेट्न गएका छन् ।

‘हामीले हाम्रो पक्षबाट पनि पदाधिकारी र केन्द्रीय सदस्यमा सम्मानजनक उपस्थिति हुनुपर्छ भनेर कुरा राखेका छौं,’ मणी थापाले भने, ‘हाम्रो कुरा राख्नका लागि टोपबहादुर रायमाझी र लेखराज भट्ट ओलीलाई भेट्न जानुभएको छ ।’

 


१२ मंसिर २०७८, आइतवार ११:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु