कांग्रेस नेता न्यौपानेले सामाजिक सञ्जाल मार्फत् व्यक्त गरिन् उपसभापति हुने इच्छा
नेपाली कांग्रेसको महिला विभाग प्रमुख ईश्वरी न्यौपानेले आगामी महाधिवेशनमा आफू पार्टीको केन्द्रीय उपसभापतिमा उठ्ने इच्छा व्यक्त गरेकी छन्।पार्टी संस्थापन पक्ष निकट मानिने न्यौपानेले आइतबार बिहान सामाजिक सञ्जाल मार्फत् आफू पार्टीको केन्द्रीय उपसभापतिमा उठ्न चाहेको बताएकी हुन्।
दुईपटक पार्टीको केन्द्रीय सदस्य बनिसकेकी न्यौपाने गएको प्रतिनिधिसभा निर्वाचनमा कैलाली १ मा टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीसँग पराजित भएकी थिइन्।
‘साथीहरु संविधानमा सभामुख वा उपसभामुख मध्ये एक महिला, त्यसैको भावना अनुरुप स्थानिय तहमा मेयर वा उपमेयरमध्ये एक जना महिला, अध्यक्ष वा उपाध्यक्ष मध्ये एक महिला निर्वाचित हुनुपर्ने व्यवस्था गर्यौं,’ उनले फेसबुकमा लेखेकी छन्, ‘संविधानको मर्म अनुरुप अब हाम्रो पार्टीमा पनि सभापति वा उपसभापति मध्ये एक महिला। साथीहरू दुई पल्ट केन्द्रीय सदस्य तपाईंहरुको साथले निर्वाचित भएँ। अब मेरो चाहना नेपाली काँग्रेसको केन्द्रीय उपसभापतिमा छ।’
१२ मंसिर २०७८, आइतवार ११:२६ बजे प्रकाशित































