punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देउवाले भने : ओलीजी र म त ‘जेल मेट’, हामीले भोगेको दु:ख अरुलाई नहोस्

Chaupati
safha napa

प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चायतकालमा जेलमा भोगेका दुःख स्मरण गराउँदै आगामी दिनमा नेपालीलाई दुःख नपुगोस् भन्नेमा सचेत रहनुपर्ने बताएका छन्।प्रमुख प्रतिपक्षी नेकपा एमालेको चितवनमा सुरु भएको दशौँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकार जनताले आगामी दिनमा दुःख नपाउने मूल्य मान्यतालाई संस्थागत गर्न कटिबद्ध रहेको बताए।

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीजी लगायत हामी जेलका साथीहरु हौं। जेल मेट पनि हौं। सबै कुरा हामीले भोगेका हौं,’ प्रधानमन्त्रीले भने, ‘हिजोका दिनमा हामीले भोगेका दुःखलाई ध्यानमा राखेर भोलिका दिनमा कुनै नेपालीलाई दुःख नपरोस् भन्नेमा सचेत हुनुपर्छ। मेरो नेतृत्वको सरकार यही मूल्य र मान्यतालाई संस्थागत गर्न कटिबद्ध छ।’

सबै नागरिकलाई कोरोनाविरुद्धको खोप पुर्‍याउनु सरकारको कर्तव्य भएको भन्दै उनले सबैको सहयोगले सरकार लक्ष्य प्राप्तिको दिशामा रहेको पनि बताए।

‘सबै नागरिकलाई खोप पुर्‍याउनु हाम्रो कर्तव्य हो। सबैको सहयोगले सरकारले यो लक्ष्य हासिल गर्दैछ,’ प्रधानमन्त्रीले भने, ‘नागरिकको जीवन रक्षा गर्ने कार्यमा सबै राजनीतिक दल र सामाजिक संस्थाहरुको भूमिका अग्रणी छ।’

उनले अहिले कोरोना भाइरसको संक्रमण न्यूनीकरण भएको पनि बताए। देशमा सुशासन, समृद्ध कायम गर्न आफू कटिबद्ध रहेको जिकिर गर्दै प्रधानमन्त्री देउवाले भने, ‘सबै दलसँग सहकार्य गरेर अघि बढ्छु। नेकपा एमालेको १० औं महाधिवेशनको सफलताको कामना गर्छु।’


१० मंसिर २०७८, शुक्रवार १७:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु