punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘प्रेम गीत ३’ फागुन १३ मा रिलिज हुने

Chaupati
safha napa

नेपाली र हिन्दी भाषाामा डबिङ गरिने खबरले चर्चामा रहेको ‘प्रेम गीत ३’आगामी फागुन १३ मा रिलिज हुने भएको छ। फिल्मका निर्देशकर निर्माता सन्तोष सेनले सामाजिक सञ्जालमार्फत् फिल्मको रिलिज डेट सार्वजनिक गरेका हुन्।

दुई वर्षअघि चैत २८ मा रिलिज गर्ने घोषणा गरिएको यो फिल्मको प्रदर्शन कोरोना महामारीका कारण रोकिएको थियो। प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको पनि अभिनय छ।

फिल्मको कथासमेत लेखेका छेतेन गुरुङको केही समयअघि निधन भएको थियो। ठूलो लगानीमा निर्माण भएको’प्रेम गीत ३’भारतमा ४ करोड रुपैयाँमा बिक्री गरिएको दाबी गरिएको छ।फिल्ममाफिल्म शिवरात्री र ग्याल्पो ल्होसारको बिदालाई लक्षित गरी सार्वजनिक गर्न लागिएको हो।


९ मंसिर २०७८, बिहीवार १२:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु