punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सभामुख सापकोटा स्पेन प्रस्थान

Chaupati
safha napa

अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४३औँ सम्मेलनमा सहभागी हुन सभामुख अग्निप्रसाद सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन प्रस्थान गरेका छन् ।बुधबार बेलुका ८ः५० बजे चार जना सांसद् र संघीय संसद्का कर्मचारी सम्मिलित प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सभामुख सापकोटा अन्तर व्यवस्थापिका र स्पेनको संसद्ले आयोजना गरेको सम्मेलनमा भाग लिन मड्रिडतर्फ प्रस्थान गरेका हुन् ।

सभामुखसँग प्रतिनिधि सभा सदस्य देवप्रसाद गुरुङ, लक्ष्मीकुमारी चौधरी, राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी र अगमप्रसाद बान्तवा राई रहेका छन् । यसैगरी प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सभामुखका प्रमुख स्वकीय सचिव अर्जुन खत्री केसी, कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ र स्पेनस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत अर्जुन अधिकारी सहभागी छन् ।

यही मंसिर १० देखि १४ सम्म स्पेनको म्याड्रिडमा अन्तर व्यवस्थापिका संघको १४३ औँ सम्मेलन हुँदैछ। सभामुख सापकोटाले उक्त सम्मेलनमा ‘कन्टेम्पररी च्यालेन्ज टु डेमोक्रेसी स् ओभरकमिङ डिभिजन एन्ड बिल्डिङ कम्युनिटी’ शीर्षकमा सम्बोधन गर्ने कार्यक्रम छ ।


९ मंसिर २०७८, बिहीवार १२:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु