काँग्रेस कैलालीको क्षेत्र नम्बर–५ को सभापतिमा पडाल
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नम्बर ५ को सभापतिमा भीम पडाल निर्वाचित भएका छन् ।
बुधबार सम्पन्न मत गणना अनुसार उनी अत्याधिक मतले क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । उनले मत २९० पाए भने उनका निकटतम प्रतिद्वन्द्वी सन्तोष मुडभरीले ११३े मत पाए ।
त्यस्तै सभापतिका अन्य उम्मेदवार हरिप्रसाद रेग्मीले ४७, इश्वरीप्रसाद जोशीले २३ र हिरासिंह पातलीले २१ मत पाए। यस्तै अन्य पदमा पनि पडालकै टीम विजयी भएको छ।
८ मंसिर २०७८, बुधवार २२:०२ बजे प्रकाशित













