कैलाली क्षेत्र नम्बर–५ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको टुङ्गो लाग्यो

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधिको टुङ्गो लागेको छ ।

बुधबार सम्पन्न मत गणना अनुसार केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि क्षेत्र नम्बर–५ बाट नृपबहादुर वड, नरनारायण शाह (मनु), क्षितिज भण्डारी, प्रकाश देउवा, डिल्लीराज पन्त, गणेश देउवा, कृष्ण महरा, नारायण भट्ट, उद्धव विष्ट र हरिष खड्का विजयी भएका छन् ।

यसैगरी महिला प्रत्यक्ष तर्फ नीपा चोखाल, डम्मरी महरा (रक्षा), रिता भण्डारी र पुष्पा जोशी भट्ट विजयी भएका छन् । समावेसी अपाङ्ग÷मधेसी तर्फ धर्मराज अ‍ोझा निर्वाचित भएका छन् ।

कैलाली क्षेत्र नम्बर ५ बाट क्षेत्रीय सभापतिका लागि मतगणना जारी रहेको छ । क्षेत्रीय सभापतिका लागि भीम पडाल, सन्तोष मुडभरी, इश्वर जोशी, हरी रेग्मी, हिरासिंह पातलीबीच प्रतिष्पर्धा भइरहेको छ ।


८ मंसिर २०७८, बुधवार १९:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु