डडेल्धुरामा पुनः वडा अधिवेशनको माग राख्दै काठमाडौंमा अनशन
डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेस डडेल्धुरा बुधबारदेखि काठमाडौंमा अनशन सुरू गर्दैछ।
वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको डडेल्धुरामा दोहोर्याएर वडा अधिवेशन गर्नुपर्ने माग राख्दै जिल्ला सभापति कर्ण मल्लको नेतृत्वमा अनशन सुरु हुन लागेको हो।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजेदेखि धर्ना र अनशन सुरु गरिने सभापति मल्लले जानकारी दिए। यसअघि उनले कात्तिक २७ गते सानेपामा पत्रकार सम्मलेन गरेर अनसन र धर्नाको घोषणा गरेका थिए ।
१ मंसिर २०७८, बुधवार १३:०५ बजे प्रकाशित






























