साँफेबगर–२ को समाजवादीको वडा अध्यक्षमा कुँवर
अछामको साँफेबगर नगरपालिका वडा नं २ जाल्पादेवीमा नेपाल कम्युनिष्ठ पार्टी (एकीकृत समाजवादी)को वडा कमिटी गठन गरिएको छ ।
हंसबहादुर कुँवरको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा प्रकाश कुँवर, विरबहादुर शाह, लोकेन्द्र विक, सचिवमा हरिश परियार, उपसचिवमा ज्योति परिवार चयन भएका छ्न् ।
हंसबहादुर कुँवरको अध्यक्षतामा भएको प्रथम भेलाका प्रमुख अतिथी नेपाल कम्युनिष्ठ पार्टी एकीकृत समाजवादीका जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराई रहेका थिए । प्रथम भेलामा बोल्दै प्रमुख अतिथी जिल्ला कमिटी अध्यक्ष भट्टराईले केपि शर्मा ओलीको प्रतिगमनविरुद्ध बिद्रोह भएको बताए ।
उनले जनताले नेकपालाई दिएको दुई तिहाई बहुमत केपी ओलीको गलत प्रवृत्तिका कारण समाप्त भएको बताए । भेलामा प्रदेश कमिटी सदस्य शिवबहादुर कुँवर ‘शिलोज’, जितबहादुर निशानी, जिल्ला कमिटी उपसचिव एवम् साँफेनगर कमिटी इन्चार्ज हिक्मत कुँवरले आफ्नो धारणा राखेका थिए ।
भेलामा जिल्ला कमिटी सचिवालय सदस्य जयन्ती बोगटी, नृप कुँवर, जिल्ला कमिटी सदस्य भरतबहादुर कुँवर, मानबहादुर कुँवर, गणेशनाथ योगी, कृष्ण कुँवर, अनेरास्ववियुका जिल्ला कमिटी उपसचिव मनिश विकलगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो । अनिश राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन हरिश परियारले गरेका थिए ।
२८ कात्तिक २०७८, आइतवार १७:२५ बजे प्रकाशित












