punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राज्यको नजरमा छैन दुर्गम गाउँ लाम्पाटा

Chaupati
safha napa

दूरीका हिसाबले जिल्लाको सबैभन्दा टाढाको गाउँ भनेर चिनिने स्थान हो, लाम्पाटा। जहाँ अहिलेसम्म राज्यको समेत नजर परेको देखिँदैन। हिमाली गाउँपालिका–३ मा रहेको सो गाउँ बाजुरा उत्तरी क्षेत्रको अन्तिम गाउँ छिमेकी जिल्ला हुम्लासँग जोडिएको छ। उक्त गाउँमा १३ घरपरिवार छन्।

सदरमुकाम मार्तडीबाट झण्डै ५० कोष टाढा अर्थात् पैदलबाट पाँच दिनमा पुगिने लाम्पाटा गाउँवासीले अहिलेसम्म सरकारी सेवाको अनुभूतिसमेत पाएका छैनन्। स्वास्थ्य, शिक्षालगायत आधारभूत सेवाबाट पनि बञ्चित हुनुपरेकोे स्थानीयवासी इन्द्रा गुरुङ बताउँछिन्। गाउँमा पाँच वर्षमुनिका १५ बालबालिका रहेका र अहिलेसम्म कसैले पनि खोप लगाउन नपाएको उनको गुनासो छ।

उक्त गाउँमा सबै जनजातिको बसोबास छ। गाउँमा बालविकास केन्द्रसम्म छैन। स्वास्थ्यचौकी वडा नम्बर १ बिच्छँयामा छ। त्यहाँ पुग्न दुई दिनभन्दा बढी समय लाग्छ। स्थानीयवासी लक्ष्मी गुरुङ गर्भवती भएको छ महिना भयो, अहिलेसम्म उनले कुनै खोप लगाउन र स्वास्थ्य जाँच पनि गराउन नपाएको बताउँछिन्। गाउँका अन्य महिलाले सुत्केरी हुँदा लगाइने खोप र अन्य सेवासमेत नपाएको उनको गुनासो छ।

उनीहरूको जग्गाको लालपुर्जा बाजुरा जिल्लाकै छ। तर हुम्लाका बासिन्दाले सो क्षेत्र आफ्नो भएको जिकिर गरिरहेका छन्। जग्गाको लालपुर्जा यताको छ तर जङ्गलको भोकचलन हुम्लाका बासिन्दाले गर्ने गरेको स्थानीयवासी छप्किलाल बुढा बताउँछन्। त्यस गाउँमा सुरक्षाको समेत अभाव छ। प्रहरी प्रशासनको पहुँचभन्दा टाढा रहेको यो क्षेत्रमा चोरी शिकारीसमेत बढ्दै गएको छ।

लाम्पाटा पुग्न गुम्बा गाउँ भएर जानुपर्छ। पुल र बाटो नहुँदा आवतजावतमा समस्या छ। लाम्पाटामा के भयो, के हँुदैछ र गाउँमा राज्यका तर्फबाट के हुँदैछ जस्ता सबै सूचनाबाट प्रायः बिमुख हुने गरेको उक्त गाउँपालिकाले जनाएको छ।


२३ कात्तिक २०७८, मंगलवार ०८:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु