punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानसेनापति शर्मा मंगलबार भारत भ्रमणमा जाँदै

Chaupati
safha napa

प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मंगलबार नयाँ दिल्ली जाने भएका छन् ।भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी कात्तिक २३ देखि २६ गतेसम्मका लागि भारत जान लागेका हुन् ।

महारथी शर्मालाई सेनाको एक टुकडीले भ्रमणका लागि सोमबार नै बिदाई सम्मान गारतसमेत प्रदान गरिसकेको छ ।भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ ।

उनलाई यही कात्तिक २४ गते बुधबार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ ।

नेपालका पूर्व प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई वि सं २०२६ मा पहिलोपटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको बताइन्छ । नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्चपदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्नेछन् ।


२२ कात्तिक २०७८, सोमवार १८:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु